कार्यस्थलमा यौन हिंसा गर्ने सहायक वन अधिकृतलाई जरिवाना

१० चैत, २०७७   |  इकोखबर

महीला सहकर्मीलाई यौन हिंसा गर्ने डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका तत्कालिन सहायक वन अधिकृत तुलाराम घिमिरेलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जरिवाना गरेको छ । 

जिल्ला प्रशासन कार्यालय माथि पीडित महीला कर्मचारीले दिएको उजुरीमाथि छानविन गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले यौनजन्य दुव्र्यवहार निवारण ऐन २०७१ को दफा ४ को उपदफा १ को खण्ड ख बमोजिम पीडक तुलाराम घिमिरेलाई रु ५० हजार जरिवाना र पीडित महीलालाई क्षतिपूर्ती वापत रु. ५० हजार तिर्नुपर्ने फैसला गरेको हो । 

जिल्ला प्रशासन कार्यालयले प्रतिबादी तुलाराम घिमिरेले गरेको कार्य कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण ऐन २०७१ को दफा ४ को उपदफा १ को खण्ड ख बमोजिमको कसुरजन्य कार्य भएको देखिंदा निज प्रतिबादी तुलाराम घिमिरेलाई जरिवाना ५० हजार र पीडित निवेदकलाई क्षतिपूर्ती स्वरुप वापत रु ५० हजार दिलाई भराई दिनु भन्ने जिल्ला प्रशासन कार्यालयको फैसलामा उल्लेख छ । 

यौनजन्य दुव्र्यवहार निवारण ऐन २०७१ को दफा दफा १२ को उपदफा १ बमोजिममा छ महीना कैद वा पचास हजार रुपिंया सम्म जरिवाना दुवै हुने छ भन्ने व्यवस्था रहेको छ । हाल डिभिजन वन कार्यालय नुवाकोटमा कार्यरत घिमिरेलाई १३ साउन २०७७ को दिउसो भिडियो म्यासेन्जरमा कल गरी आफ्ना यौनाङ्ग देखाएका थिए । उनको केहीदिन अघि मात्र डिभिजन वन कार्यालय नुवाकोटमा सरुवा भएको थियो ।



Developed by Smart Innovation