एनएफएमा प्रगतिशिल र प्रजातान्त्रिक गठबन्धनबीच प्रतिस्प्रर्धा, उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन

२४ चैत, २०७७   |  इकोखबर

नेपाल वन प्राविधिक संघ (एनएफए) को निर्वाचनमा द्धिपक्षीय भीडन्त हुने भएको छ ।

नेपाली कांग्रेस निकटको प्रजातान्त्रिक वन प्राविधिक संघ र मधेशबादी दल निकटका वन प्राविधिकहरुसंघको संयुक्त प्यानल र एमाले तथा माओबादी केन्द्र निकट रहेका प्रगतिशिल वन प्राविधिकहरुको संयुक्त प्यानलबीच प्रतिस्प्रर्धा हुन लागेको हो । 

लोकतान्त्रिक प्यानलबाट राकेश कर्ण अध्यक्ष पदका प्रत्याशी छन् भने प्रगतीशिल पक्षबाट डा. किरण पौडेल अध्यक्षका प्रत्यासी छन् । 
महीला वन प्राविधिक सञ्जालका तर्फबाट डा. सुशिला नेपालीको उम्मेदवारी परेको छ ।

तर, नेपाली सहित महासचिवमा उम्मेदवारी दिएकी सुजिता ढकालले उम्मेदवारी फिर्ता लिने तयारी छ । उम्मेदवारी फिर्ताको समय आज साँझसम्म रहेको छ । त्यसैगरी महासचिवमा प्रगतिशल प्यानलबाट कृष्ण वस्ती र लोकतान्त्रिक प्यानलबाट किरण तिमिल्सेना प्रतिस्प्रर्धा गर्दैछन् । 

त्यसैगरी उपाध्यक्षमा भने प्रगतिशिल प्यानलबाट गायत्री कार्की र लोकतान्त्रिक प्यानलबाट वेचन कुमार महतो प्रतिस्प्रर्धा गर्दैछन् ।  अध्यक्षमा प्रतिस्प्रर्धी राकेश कर्ण डेढवर्ष अघि उप सचिव (प्राविधिक) बाट अवकास प्राप्त हुन् । डा. किरण पौडेल अष्ट्रेलियामा विद्यावारिधि सम्पन्न गरेर नेपालमा कार्यरत रहेका छन् ।

केहीदिन अघि मात्र उनलाई सरकारले राष्टपति चुरे तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा नियुक्त गरेको छ । नेपाल वन प्राविधिक संघको निर्वाचन यही चैत २८ गते हुँदै छ । 



Developed by Smart Innovation