एनएफए निर्वाचन आज

२८ चैत, २०७७   |  इकोखबर

नेपाल वन प्राविधिक संघ (एनएफए) को निर्वाचनमा आज हुँदै छ । 

नेपाली कांग्रेस निकटको प्रजातान्त्रिक वन प्राविधिक संघ र मधेशबादी दल निकटका वन प्राविधिकहरुसंघको संयुक्त प्यानल र एमाले तथा माओबादी केन्द्र निकट रहेका प्रगतिशिल वन प्राविधिकहरुको संयुक्त प्यानलबीच प्रतिस्प्रर्धा हुन लागेको हो । 

लोकतान्त्रिक प्यानलबाट राकेश कर्ण अध्यक्ष पदका प्रत्याशी छन् भने प्रगतीशिल पक्षबाट डा किरण पौडेल अध्यक्षका प्रत्यासी छन् । 
 उम्मेदवारी फिर्ताको समय आज साँझसम्म रहेको छ । त्यसैगरी महासचिवमा प्रगतिशल प्यानलबाट कृष्ण वस्ती र लोकतान्त्रिक प्यानलबाट किरण तिमिल्सेना प्रतिस्प्रर्धा गर्दैछन् । 

त्यसैगरी उपाध्यक्षमा भने प्रगतिशिल प्यानलबाट गायत्री कार्की र लोकतान्त्रिक प्यानलबाट वेचन कुमार महतो प्रतिस्प्रर्धा गर्दैछन् ।  अध्यक्षमा प्रतिस्प्रर्धी राकेश कर्ण डेढवर्ष अघि उप सचिव (प्राविधिक) बाट अवकास प्राप्त हुन् । डा। किरण पौडेल अष्ट्रेलियामा विद्यावारिधि सम्पन्न गरेर नेपालमा कार्यरत रहेका छन् ।



Developed by Smart Innovation