एनएफएमा प्रगशितिल प्यानलको क्लिन स्वीप, (हेर्नुहोस कसले कति मत पाए)

२९ चैत, २०७७   |  इकोखबर

नेपाल वन प्राविधिक संघ (एनएफए) को निर्वाचनमा प्रगतिशिल वन प्राविधिक संघको प्यानल विजयी भएको छ ।

शनिवार भएको निर्वाचनमा प्रगतिशिल प्यानलका डा. किरण पौडेल विजयी भएका हुन् । प्रगतिशिल प्यानलका पौडेलले ८८६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी प्रजातान्त्रिक प्यानलका राकेश कर्णले ८५७ मत प्राप्त गरे । 
त्यसैगरी उपाध्यक्षमा प्रगतिशिल प्यानलकै गायत्री कार्की विजयी भएकी छिन् । उनले ९८६ मत प्राप्त गरिन भने उनका प्रतिद्वन्द्वी वेचन महतोले ७९० मत ल्याए 

त्यसैगरी महासचिवमा प्रगतिशिल प्याननलका कृष्ण वस्थीले ९४२ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी किरण तिमिल्सेनाले ७८९ मत प्राप्त गरे । त्यस्तै कोषाध्यक्षमा लालबाबु झा १८६ मत ल्याउँदा प्रतिद्वन्द्वी कृष्ण यादवले ७७३ मत प्राप्त गरे । 

त्यसैगरी सह कोषाध्यक्ष  प्रगतिशिल प्यानलकै अम्बिका प्रसाद खतिवडा, सदस्यमा प्रगतिशिल प्यानलका डा.मेनका पन्त, नरुन्द्र अर्याल, रुपेश कालाखेती, रोजिना श्रेष्ठ, मिममायाँ तामाङ्ग, दिपेश शर्मा र शेरबहादुर परियार विजयी भएका छन् । 

एमाले र माओबादी निकटका वन प्राविधिक डा पौडेलको प्रगतिशित प्यानल गठबन्धनबाट र कांग्रेस र मधेशी दलसंग आवद्ध प्राविधिक प्रजातान्त्रिक गठबन्धनबाट चुनाव लडेका थिए । 



Developed by Smart Innovation