बाग्मती प्रदेशमा मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

१९ साउन, २०७८   |  इकोखबर

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बाग्मती प्रदेशमा मन्त्री र सचिवबीच  कार्यसम्पादन करार सम्झौता भएको छ । 


मन्त्री सरेश नेपाल र सचिव सिन्धु ढुँगानाबीच मंगलबार  कार्यसम्पादन करार सम्झौता भएको हो । 

कार्य सम्पादन सम्झौतामा उल्लेख भए बमोजिमका कामहरुको हरेक चार–चार महीनामा मुल्याकंन गरिने उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले बताए ।

मन्त्रालयबाट चालु आर्थिक वर्षमा गरिने कार्यक्रमहरु समयमै सम्पन्न गरी लक्ष्य हासिल गर्ने र कार्वान्यन गर्ने निकायलाई थप जिम्मेवारी गराउन कार्यसम्पाद सम्झौता गरिएको मन्त्रालयका सचिव सिन्धु ढुँगाानाले बताए  ।

दुई वर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मन्त्रीसंग र मन्त्रीले सचिवसंग कार्यसम्पादन करार सम्झौता गरेका थिए । तर, कर्मचारीको सरुवा तथा कोभिड–१९ को महामारीका कारण कार्यसम्पादन करार सम्झौताको उद्देश्य अनुरुप काम हुन सकेको थिएन ।



Developed by Smart Innovation