वन ऐन बनेको दुई वर्षमा पनि बनेन नियमावली, नियमावली नहुँदा काम गर्न असहज भएको महासंघको भनाई

२० साउन, २०७८   |  इकोखबर

सामुदायिक वन उपभोक्ता महासंघले वन ऐन लागु भएको दुई वर्ष पुग्दा पनि  सो अनुरुपको वन नियमावली नबनाइएको भन्दै तत्काल नियमावली बनाएर कार्वान्यनमा ल्याउन माग गरेको छ । 

सामुदायिक वन उपभोक्ता महासंघले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुराको माग गरेको हो । महासंघले सामुदायिक वन दिवस २०७८ का सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गर्दै वन ऐन निर्माण गर्दा समावेश गर्न नसकिएका विषयलाई नियमावलीमा समेट्न माग गरेको छ । 

वन नियमावली नबन्दा सामुदायिक वनमा काम गर्न असहज भएको र समुदाय मैत्री वन नियमावली बन्दैन कि भन्ने आसंका उत्पन्न भएको महासंघकी अध्यक्ष भारती पाठकले बताइन् । 

महासंघले वन दिवसको अवसरमा विभिन्न अन्तरक्रिया कार्यक्रम, वृक्षारोपण, लगायतका कार्यक्रमको आयोजना गरेको छ । 

 



Developed by Smart Innovation