वन्यजन्तु पीडितलाई राहत

२१ साउन, २०७८   |  इकोखबर

आक्रमणबाट पशुधनको क्षति ब्यहोरेका  कृषकले रु पाँच लाखभन्दा बढी राहत पाएका छन् ।

डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा २५ कृषकलाई रु पाँच लाख चार हजार राहत वितरण गरेको हो । निमित्त डिभिजनल वन अधिकृत सन्तोष खनालले चितुवाको आक्रमणबाट मरेका ५३ पशुका धनीलाई सो राहत रकम उपलब्ध गराएको जानकारी दिए ।

“प्रदेश सरकारको कार्यविधिअनुसार ४२ बाख्रा, दुई भेडा, छ सुँगुर र तीन राँगाको क्षतिपूर्ति वितरण गरेका हौँ”, उनले भने “गत आवमा दुई चितुवा, एक सर्प, एक लाटोकोसेरो र एउटा स्यालको उद्धार भएको छ ।”

मृत भेटिएका दुई चितुवा, एक वनबिरालो र एक  लाटोकोसेराको शव व्यवस्थापन र वन्यजन्तु नियन्त्रणमा लिने तीन खोर बनाइएको छ । वन्यजन्तु पीडित कृषकलाई राहतका अतिरिक्त मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एक हजार प्रति ब्रोसर वितरण र छ ठाउँमा सचेतनामूलक गोष्ठी गरेको थियो ।

यस्तै गत वर्ष म्याग्दीका १८ सामुदायिक वन उपभोक्ता समूहलाई वृक्षरोपणका लागि रु एक करोड दुई लाख अनुदान उपलब्ध गराइएको छ । विभिन्न प्रजातिका एक लाख ५० हजार बिरुवा रोप्न समूहलाई अनुदान दिइएको सहायक वन अधिकृत खनालले बताए ।

बेनीस्थित डिभिजन वन, छवटा सहायक वन डिभिजन र आठवटा सामुदायिक वन समूहका नर्सरीमा दुई लाख १५ हजार १०० वटा जडीबुटी, फलफूल, घाँस र काठ प्रजातिका बिरुवा उत्पादन भएका छन् । तेह« हजार ५०० टिमुर, दाँते ओखर, आँप, लिची, एभोकाडो र अम्बाका बिरुवा खरिद गरेर वितरण गरिएको छ । 



Developed by Smart Innovation