वन मन्त्रालयका पाँच सह सचिवको पदस्थापना, निकुञ्ज विभागको महानिर्देशकमा कंडेल

६ असोज, २०७८   |  इकोखबर

वन तथा वातावरण मन्त्रालयले सह सचिवहरुको पदस्थापना गरेको छ ।

प्रदेशबाट मन्त्रालयमा आएका सह सचिवको पदस्थापना गरेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा डा. रामचन्द्र कँडेलले जिम्मेवारी पाएका छन् ।

विभागमा कार्यरत दिपक खराललाई रेड कार्वान्यन केन्द्रको प्रमुख बनाइएको छ । त्यसैगरी मन्त्रालयको वन तथा जलाधार महाशाखाको प्रमुखमा मेघनाथ काफ्लेको पदस्थापना भएको छ । त्यहाँ कार्यरत वुद्धि पौडेल वनस्पती विभागको महानिर्देशक भएका छन् ।

दुई महीना अघि प्रदेश नम्वर १ बाट मन्त्रालयबाट मन्त्रालय सरुवा भएका काफ्ले जिम्मेवार विहिन थिए । त्यसैगरी राष्ट्रपति चुरेको सदस्य सचिवको जिम्मेवारी महेश्वर ढकालले पाएका छन् । 



Developed by Smart Innovation