फेकोफनको धर्नामा प्रहरी हस्तक्षेप, १५ जना पक्राउ

१८ माघ, २०७८   |  इकोखबर

सरकारले ल्याउन लागेको संघीय वन नियमावली तथा संरक्षण क्षेत्र विस्तार, प्रदेश वन ऐन संसोधनका विरुद्धमा चरणबद्ध आन्दोलन गरिरहेको सामुदायिक वन उपभोक्ता महासंघको आन्दोलन माथि प्रहरीले हस्तक्षेप गरेको छ । 


वन तथा भू संरक्षण विभागमा धर्ना दिन बसेका महासंघका पदाधिकारी माथि प्रहरीले आज विहान वल प्रयोग गरेर धर्नामा बसेका महासंघका पदाधिकारी सहित १५ जनालाई पक्राउ गरेको छ । 


प्रहरीले सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठक, महासचिव विर्खबहादुर शाही, सचिव ठाकुर भण्डारी , कोषाध्यक्ष पार्वता गौतम, डोलकुमारी सापकोटा, सहदेव न्यौपाने लगायतलाई पक्राउ गरेको हो । 
प्रक्राउ परेकाहरुलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ । 

महासंघकी अध्यक्ष भारती पाठकले आफूहरुको शान्तिपूर्ण आन्दोलन माथि सरकारले दमन गरेको बताइन । 

सरकारी दमनका विरुद्ध देशभर थप शसक्त आन्दोलन चर्काउने पाठकको चेतावनी छ । 

महासंघले जिल्ला, प्रदेशदेखि केन्द्रसम्म १५ दिनदेखि विभिन्न विरोधका कार्यक्रम गर्दै आइरहेको छ । 

 



Developed by Smart Innovation